कसरी मारिए इस्माइल हानिया ?
बुधबार, १६ साउन २०८१, १५ : ३६

तेहरान । हमासका प्रमुख नेता इस्माइल हानियाको हत्या कसरी भयो भनेर साउदी समाचार एजेन्सी अल हदतले जानकारी दिएको छ । तेहरानस्थित इस्माइल हानियाको निजी निवासमा गाईडेड मिसाइलले आक्रमण गरिएको स्रोतलाई उद्धृत गर्दै अल हदतले बताएको छ ।
रिपोर्टका अनुसार आक्रमण स्थानीय समय अनुसार दिउँसो २ बजे गरिएको थियो । इरानको सरकारी सञ्चारमाध्यमले पनि यस्तै कुरा बताएको छ ।
इरानको रिभोलुसनरी गार्डसँग सम्बद्ध फार्स न्युजले हानिया उत्तरी तेहरानस्थित आफ्नो घरमा भएको समयमा हवाई आक्रमण भएको र सोमा उनको निधन भएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठमा १९ फिल्म सेन्सर : विदेशीकै वर्चस्व
-
‘मिस नेपाल पिस २०२५’ का लागि आवेदन खुला
-
सेयर बजारमा २४ अंकको गिरावट, ११ अर्ब माथिको कारोबार
-
चलचित्र ‘मोहर’को ‘चाहिँदैन मोहर पर्दैन सुकी’ गीत सार्वजनिक
-
आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडा अध्यक्षलाई पूर्ववत जिम्मेवारी
-
चलचित्र ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक