बागमतीमा विपद् प्रभावित सडक सञ्चालन गर्न ‘क्यूआर्टी’ परिचालन
हेटौँडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विपद्बाट प्रभावित सडक शीघ्र सञ्चालनका तथा क्षति न्यूनीकरणका लागि द्रुत प्रतिकार्य टोली (क्यूआटी) गठन गरेको छ । बुधवार एक समारोहका बिच मन्त्रालयले विपद् प्रभावित सडकहरूको अवस्था सुधार गर्ने तथा नागरिकहरूको यात्रा सहजता प्रदान गर्न क्यूआर्टी गठन गरी कार्य प्रारम्भ गरेको हो ।
प्रदेशको १३ जिल्लामा पहिचान भएको प्रादेशिक सडकहरूमा भएका विपद्का घटनाबाट सडक पूर्वाधारको क्षति विवरण सङ्कलन, न्यूनीकरण तथा प्रतिकार्य लगायतका काम क्यूआर्टीले गर्ने मन्त्रालयका सचिव अमृत श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार क्यूआर्टीको संयोजकमा यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाका निर्देशक पुष्करप्रसाद पोखरेलको रहने गरी गठन गरेको छ भने क्यूआर्टीको सदस्यहरूमा मन्त्रालयका महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारी, मन्त्रालयका विपद् फोकल पर्सन ज्यानेन्द्रप्रसाद पुन, यातायात पूर्वाधार निर्देशनालयको निर्देशकले तोकेको अधिकृत स्तरको प्रतिनिधि हरिप्रसाद ओझा र सम्बन्धित जिल्लाको पूर्वाधार विकास कार्यालयका प्रमुख रहने छन् ।
टिमले अवरुद्ध भएका मुख्य प्रादेशिक सडकहरूको पहिचान गर्ने कार्य निरन्तर गर्ने, सूचना सम्प्रेषण गर्ने, वैकल्पिक मार्ग पहिचान गर्ने, आकस्मिक रूपमा अवरुद्ध सडकहरू यथाशीघ्र छिटो सुचारु गर्ने, अन्तर निकाय समन्वय गर्नेछ भने कार्यालयगत रूपमा आकस्मिक मर्मत सम्भार शीर्षकमा विनियोजित बजेटबाट स्रोत व्यवस्थापन गर्ने र प्रचलित कानुनको अधीनमा रही टोली स्वयमबाट निर्धारित अन्य कार्यक्षेत्रगत सर्तहरूको कार्यान्वयन गर्नेछ ।
क्यूआर्टी कार्य प्रारम्भ गर्दै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले जनसरोकारका सवालमा प्रदेश सरकार उत्तरदायी र जिम्मेवार ढङ्गबाट अघि बढेको बताए । विगतमा हुँदै आएको प्रक्रियागत कामलाई प्राथमिकीकरण गरेर जवाफदेही र उत्तरदायी ढङ्गबाट अघि बढाउने प्रयत्न मन्त्रालयले गरेको उनले बताए ।
जनउत्तरदायी भूमिकाले काम गर्न मन्त्रालयले क्यूआर्टी गठन गरेको उनको भनाई छ । प्रदेश सरकारले आम सरोकारका विषयमा स–सानो काम प्रभावकारी ढङ्गबाट गर्न सके मात्र जनतालाई डेलिभरी दिन सकिने उनले बताए । उनका अनुसार विशेषगरी क्यूआर्टीले प्रदेश सडक गुरुयोजना (पिआरटीएमटी)मा रहेका २५० सडक आयोजनाको अवस्था, विपद् जोखिम र क्षतिका विषयमा अध्ययन अनुसन्धान तथा प्रतिकार्यका लागि काम गर्नेछ ।
मन्त्रालयले विगतमा सुरु भएका र हाल बन्द अवस्थामा रहेका आयोजनाहरूको अध्ययन गरेर निष्कर्षमा पुर्याउने गरी पहल गरेको मन्त्री मास्केले बताए । उनले रुग्ण आयोजनाहरूलाई अध्ययन गरेर पूर्णता दिने गरी अध्ययन टोली खटाएर आगामी साउन २४ मा रिपाेर्ट पेस गर्न निर्देशन दिइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण