काभा नेसन्स लिग आजदेखि
बिहीबार, १७ साउन २०८१, ०८ : २४
काठमाडौँ । काभा नेसन्स लिग भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपाल र श्रीलङ्काबिच प्रतिस्पर्धा हुने भएको छ ।
त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । आजै हुने दोस्रो खेलमा भारत र इरान खेल्नेछन् । सो खेल आज साँझ पौने ६ बजे सुरु हुनेछ ।
लगातार दोस्रो पटक घरेलु मैदानमा काभा नेसन्स लिग खेल्न लागेको नेपाली टोली उच्च मनोबलमा छ ।
लिगको दोस्रो खेलमा नेपालले १९ गते शनिबार भारतसँग, साउन २० गते आइतबार इरान र लिग चरणको अन्तिम खेलमा साउन २१ गते सोमबार मालदिभ्ससँग खेल्नेछ ।
पाँच टोली सहभागी लिगको शीर्ष स्थानमा रहने चार टोलीले सेमिफाइनल खेल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न
-
पहिलो हाफमा अमेरिकालाई अग्रता
-
‘निर्ममतापूर्वक योग्य फ्याकल्टी मात्र राख्छौँ, राजनीतिमुक्त स्वायत्तता नै हाम्रो शक्ति हो’
-
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
-
राष्ट्रिय सभा बैठक: नौ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुँदै
-
गम्भीर रोगबाट बच्ने अचूक उपाय : भान्सामा दैनिक समावेश गर्नुहोस् यी १३ खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण