आज राति नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद सेवा प्रभावित हुने
बिहीबार, १७ साउन २०८१, १२ : ०१
काठमाडौँ । आज राति नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद सेवा प्रभावित हुने भएको छ । नेपाल टेलिकमका प्रवक्ता किशोरकुमार भट्टका अनुसार बिहीबार राति ११ बजेदेखि चार घण्टाका लागि टेलिकमको रिचार्ज र प्याकेज खरिद सेवा बन्द हुने भएको हो ।
कम्पनीले बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा ती सेवा अवरुद्ध गर्नुपर्ने भएको जनाएको छ । तर उक्त समयमा मोबाइल भ्वाइस, डाटा एसएमएस, तथा पीएसटीएन, एफटीटीएच, आइपीटीभी सेवा यथावत सञ्चालन हुने टेलिकमले जारी गरेको सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण