राष्ट्र बैंकले भन्यो– चेक बाउन्सको छुट मंसिरसम्म मात्र
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चेक अनादर (बाउन्स) को मुद्दामा कम्पनीलाई कालो सूचिमा नराखिने छुट २०८१ मंसिर मसान्तसम्मका लागि मात्र भएको स्पष्ट पारेको छ ।
मौद्रिक नीतिको कार्यान्वयनार्थ निर्देशन जारी गरेको केन्द्रीय बैंकले ‘यस निर्देशनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि चेक अनादर भएको कारणले मात्र निर्माण व्यवसायी संस्थालाई २०८१ मंसिर मसान्तसम्म कालोसूचीमा समावेश गरिने छैन’ भनेको छ ।
हालसम्म यस्तो व्यवस्था थिएन । बैंकिङ कसुर तथा अपराध ऐन, २०६४ तथा एकीकृत निर्देशन २०८० अनुसार दुई वा दुईभन्दा बढी पटक चेक बाउन्स भएमा वा गरिएमा उजुरीका आधारमा चेक जारी गर्ने व्यक्ति वा संस्थालाई कालो सूचिमा राख्ने तथा थप कारबाही गर्ने व्यवस्था गरिएको छ ।
यस्तो व्यवस्थाले धेरै निर्माण कम्पनीहरू समस्यामा परेको र कालोसूचीमा परेको भन्दै यस्ता व्यवस्था खारेज गर्न माग गरेसँगै केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत निर्देशन संशोधन गर्ने घोषणा गरेको थियो । तथापि, केन्द्रीय बैंकले सबै खाले व्यवसायी तथा उद्योगीलाई नभएर निर्माण व्यवसायीहरूका लागि मात्र कार्यान्वयन गर्ने गरी मंसिर मसान्तसम्म छुट दिने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण