दम्पतीबिच झगडा भएपछि आकस्मिक अवतरण गराइयो विमान
बिहीबार, १७ साउन २०८१, १४ : ५७
काठमाडौँ । आयरल्याण्डबाट स्पेनका लागि उडेको ‘एर लिङ्गस’ वायुसेवा कम्पनीको विमानमा दम्पतीबिच झगडा भएपछि आकस्मिक अवतरण गराउनु परेको छ ।
गत शुक्रबार आयरल्याण्डको डब्लिनबाट स्पेनको मल्लारोका जान लागेको विमानभित्र दम्पतीले चर्को विवादका साथै हिंस्रक झगडा गरेको बताइएको छ ।
चालक दलका सदस्यले झगडा साम्य गर्न नसकेपछि आपतकालीन अवस्था घोषणा गरी उक्त विमानलाई फ्रान्सको नान्टेस विमानस्थलमा आकस्मिक अवतरण गराउनु परेको जनाइएको छ ।
आकस्मिक अवतरणपछि स्थानीय सुरक्षाकर्मीले विमानमा झगडामा संलग्न पुरुषलाई नियन्त्रणमा लिएको समाचार एजेन्सीहरूले जनाएका छन् । महिलाको अनुहारमा भने केही चोट रहेकाले प्राथमिक उपचार गराइएको छ ।
सो घटनाका कारण विमान आफ्नो निर्धारित यात्रामा करिब दुई घण्टा ढिलो भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण