फिल्म ‘सानो संसार’ घटस्थापनामा प्रदर्शन हुने
काठमाडौँ । फिल्म ‘सानो संसार’ आगामी असोज १७ गते घटस्थापनाबाट प्रदर्शनमा आउने भएको छ । निर्माता अर्जुन कुमारले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन जानकारी दिएका हुन् ।
पोस्टरका साथ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सानो संसार, ठुलो आशा ।’ पारिवारिक कथावस्तुमा बनेको यो फिल्मबाट हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाले डेब्यु गरेकी छन् । फिल्ममा उनलाई गृहणीको रोलमा देख्न सकिन्छ । पारिवारिक कथावस्तुमा बनेको फिल्ममा सीतादेवीलाई गृहणीको रोलमा देख्न सकिन्छ ।
फिल्ममा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटीको अभिनय छ । यी सबै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।
फिल्मको छायांकन काठमाडौँ, धादिङ र नुवाकोटमा गरिएको छ । अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्रोडक्सनको व्यानरमा ‘सानो संसार’ सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् । सिद्धार्थले यही फिल्मबाट निर्देशनमा डेव्यु गरेका हुन् । फिल्मको लेखन समेत निर्देशक पुडासैनीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण