१९ हजार कर्मचारीलाई कामबाट निकाल्ने तयारीमा इन्टेल
क्यलिफोर्निया । अमेरिकी चिप निर्माता कम्पनी इन्टेलले हजारौँ कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । आफ्नो सञ्चालनलाई व्यवस्थित बनाउन कूल कर्मचारीमध्ये १५ प्रतिशतलाई कामबाट निकाल्ने बिहिबार कम्पनीले घोषणा गरेको हो ।
हाल इन्टेलमा विश्वभर १ लाख २५ हजार जनाले काम गरिरहेका छन् । यसको अर्थ कम्पनीले १९ हजारसम्म कर्मचारीलाई कामबाट निकाल्न सक्नेछ । सन् २०२५ मा १० अर्ब डलर बचाउने योजना अन्तर्गत कम्पनीले खर्च घटाउन यो कदम चालेको हो ।
सन् २०२६ सम्ममा कम्पनीले वर्षेनी अनुसन्धान तथा विकास र मार्केटिङमा पनि अर्बौ डलर खर्च घटाउने भएको छ । यो वर्ष कम्पनीले पूँजीगत खर्च २० प्रतिशतभन्दा धेरैले घटाउने भएको छ । आवश्यक नभएका काम रोक्नेदेखि पुनःसंरचना गर्ने र खर्च नियन्त्रण गर्न सबै सक्रिय परियोजना र उपकरणहरूको समीक्षा पनि गरिने भएको छ ।
इन्टेलले यो वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६० करोड डलर घाटा बेहोरेको हालै सार्वजनिक भएको तथ्यांकले देखाएको थियो । अघिल्लो त्रैमासमा घाटाको आकार ४३ अर्ब ७० करोड डलर थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण