वायनाड पहिरोमा मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो
शनिबार, १९ साउन २०८१, १७ : १३
केरला । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले वायनाड पहिरोमा मृत्यु हुनेको सङ्ख्या २१६ पुगेको बताएका छन् । दुई सयभन्दा बढी मानिस अझै बेपत्ता छन् ।
वायनाड पीडितहरूका लागि ९३ राहत शिविरहरू पनि निर्माण गरिएका छन्, जसमा हाल १० हजारभन्दा बढी मानिसहरूले आश्रय लिएका छन्।
६७ वटा शवको अझै सनाखत हुन सकेको छैन । सेनाले अहिले पनि ठुलो मात्रामा उद्धार र राहत कार्य गरिरहेको छ ।
शनिबार मलयालम अभिनेता मोहनलाल पनि वायनाडको अवस्थाको जानकारी लिन पुगेका थिए । यस क्रममा मोहनलाल सेनाको वर्दीमा देखा परे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण