गण्डकी एमालेले निकालेको विज्ञप्तिमा कांग्रेसको आपत्ति
पोखरा । विभिन्न नियुक्तिविरुद्ध गण्डकी प्रदेशमा नेकपा एमालेले निकालेको विज्ञप्तिमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । शनिबार सरकारी वार्ता समितिको बैठकमा कांग्रेसतर्फका सदस्यहरूले समिति गठन भैसकेको अवस्थामा विज्ञप्ति निकाल्नु गलत भएको भन्दै आपत्ति जनाएका हुन् ।
स्रोतका अनुसार कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विज्ञप्ति निकालेको विषयमा बैठकको सुरुमै आपत्ति जनाएका थिए । ‘वार्ता समिति बनेको छ । चित्त नबुझेका कुरा बैठकमै राख्दा हुन्थ्यो,’ न्यौपानेलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसमा मुख्यमन्त्री ज्यूको पनि आपत्ति छ । यदि नियुक्तिमा चित्त नबुझेको हो भने पुरानै नियुक्तिदेखि बदर गरेर नयाँ हिसाबले जाऔँ ।’
एमालेले केही दिनअघि आफूहरू सत्तामा नआउँदै कांग्रेसले सबै नियुक्ति आफूखुसी गरेको भन्दै विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाएको थियो । केही समयअघि मात्रै सरकारले मनकामना क्षेत्र विकास समितिको अध्यक्षमा काजीबाबु श्रेष्ठलाई नियुक्त गरेको छ ।
यस्तै, नीति तथा योजना आयोगको सदस्यमा राप्रपाका दीपक भण्डारी र नेपाल समाजवादी पार्टीकी माया तिम्सिना नियुक्त भैसकेका छन् । केन्द्रमा नयाँ गठबन्धन बनेपछि धमाधम नियुक्ति गरिएको भन्दै एमाले रुष्ट बनेको हो । अहिले प्रेस रजिस्ट्रार नियुक्तिका लागि समिति गठन भएर आवेदन आह्वान गरिएको छ ।
एमालेले चाहिँ १७ साउनपछिका सरकारी गतिविधिमा आफ्नो सहभागिताका लागि सल्लाह हुनुपर्ने प्रतिक्रिया दिएको थियो । ‘१७ गतेपछि जे काम भए त्यसमा एमालेको पनि जस अपजस हुन्छ । हुने नियुक्तिहरूमा सल्लाह गर्नुपर्छ भन्ने हो,’ बैठकमा एमालेका सांसदले भनेका थिए, ‘जे हुन्छ सल्लाह गरेरै हुनुपर्छ ।’ सरकारमा एमालेको प्रवेश, मन्त्रालयको सङ्ख्या र भागबन्डाबारे निर्णय लिन दुवै पार्टीबाट ६ सदस्यीय समिति गठन भएको छ ।
समितिमा दुवै पार्टीका ३ सांसद छन् । काँग्रेसबाट प्रमुख सचेतक न्यौपाने, सांसदहरू प्रकाश बराल र जीत प्रकाश आले सदस्य छन् भने एमालेबाट प्रमुख सचेतक गोविन्द बहादुर नेपाली, सांसदहरू भीम कार्की र वेद बहादुर गुरुङ सदस्य छन् । समितिको दोस्रो बैठक शनिबार बसेको छ । बैठकले औपचारिक निर्णय नगरेको समितिले जनाएको छ । आइतबार पुनः बस्ने गरी स्थगित गरिएको काँग्रेस प्रमुख सचेतक न्यौपानेले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण