मन्त्रीले हटाएका बोर्ड सदस्यलाई कुलमानले बोलाए बैठकमा
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिबाट निष्कासित सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई कार्यकारी निर्देशक कुलमान घिसिङले बैठकमा बोलाएका छन् । पुन र आचार्यलाई हालै मात्र सरकारको ठाडो आदेशमा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले जिम्मेवारीबाट हटाएको थियो ।
खासगरी उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई सरकारलाई असहयोग गरेको भन्दै मन्त्रालयले जिम्मेवारीबाट हटाएको थियो। तर, विना कारण आफूहरूलाई जिम्मेवारीबाट हटाएकाले सरकार विरुद्ध अदालत जाने बताइरहेकै बेला कार्यकारी निर्देशक घिसिङले बोर्ड सदस्यकै भूमिकामा आचार्य र पुनलाई बैठकमा बोलाएका हुन् ।
तथापि, आइतबार साँझ ४ बजेका लागि बैठकमा बोलाए पनि आफूहरू नगएको कपिल आचार्यले रातोपाटीलाई जानकारी दिए । तर मन्त्रालयले हटाइसकेको सदस्यलाई बैठकमा बोलाएर कार्यकारी निर्देशक घिसिङले भने सरकारलाई चुनौती दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण