मन्त्रीले हटाएका बोर्ड सदस्यलाई कुलमानले बोलाए बैठकमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिबाट निष्कासित सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई कार्यकारी निर्देशक कुलमान घिसिङले बैठकमा बोलाएका छन् । पुन र आचार्यलाई हालै मात्र सरकारको ठाडो आदेशमा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले जिम्मेवारीबाट हटाएको थियो ।
खासगरी उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई सरकारलाई असहयोग गरेको भन्दै मन्त्रालयले जिम्मेवारीबाट हटाएको थियो। तर, विना कारण आफूहरूलाई जिम्मेवारीबाट हटाएकाले सरकार विरुद्ध अदालत जाने बताइरहेकै बेला कार्यकारी निर्देशक घिसिङले बोर्ड सदस्यकै भूमिकामा आचार्य र पुनलाई बैठकमा बोलाएका हुन् ।
तथापि, आइतबार साँझ ४ बजेका लागि बैठकमा बोलाए पनि आफूहरू नगएको कपिल आचार्यले रातोपाटीलाई जानकारी दिए । तर मन्त्रालयले हटाइसकेको सदस्यलाई बैठकमा बोलाएर कार्यकारी निर्देशक घिसिङले भने सरकारलाई चुनौती दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने तयारी सुरु
-
नागढुंगाबाट ४५ लाखको सुनसहित भारतीय नागरिक पक्राउ
-
माधव नेपालको बदनियत देखाउन यस्ता छन् अख्तियारले लिएका आधार
-
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल
-
फ्राईडे रिलिज : हलमा लागेँ ‘जन्ते बाख्रो’ र ‘हाउसफुल ५’
-
स्याङजामा स्कुटर ट्रकसँग ठोकियो, युवतीको मृत्यु