‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियानका लागि ७ करोडभन्दा बढी रकम विनियोजन
सोमबार, २१ साउन २०८१, १२ : ०७

काठमाडौँ । सरकारले ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियानका लागि ७ करोड ९८ लाख रकम विनियोजन गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार स्थानीय तह मार्फत बहु–निकायको सहकार्यमा खोज तथा नष्ट अभियानलाई सञ्चालन गर्न चालु आर्थिक वर्षका लागि स्थानीय तहमा ७ करोड ९८ लाख रकम विनियोजन गरिएको हो ।
साथै ७७ वटै जिल्लामा करिब २ करोड बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । सरकारी पछिल्लो तथ्याङ्क अनुसार मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला बाहेक ७३ वटा जिल्लाका २ हजार ६१ जनामा डेंगु सङ्क्रमण देखिएको हो । तर हाल सम्म सङ्क्रमण फैलिए पनि डेंगुका कारणले निधन भएको छैन ।
डेंगु नियन्त्रणका लागि सरकारले ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियान र डेंगुबाट हुने मृत्युलाई शून्यमा कायम राख्न कार्य गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुष्ठरोगको उपचारका लागि आवश्यक जनशक्ति छैन : निर्देशक झा
-
न्युजिल्यान्डमा अझै पनि मानिसभन्दा भेडा बढी
-
महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु
-
लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त पारेको भारतको दाबी
-
लमजुङबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो
-
मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा शल्यक्रिया सुरु