‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियानका लागि ७ करोडभन्दा बढी रकम विनियोजन
सोमबार, २१ साउन २०८१, १२ : ०७
काठमाडौँ । सरकारले ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियानका लागि ७ करोड ९८ लाख रकम विनियोजन गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार स्थानीय तह मार्फत बहु–निकायको सहकार्यमा खोज तथा नष्ट अभियानलाई सञ्चालन गर्न चालु आर्थिक वर्षका लागि स्थानीय तहमा ७ करोड ९८ लाख रकम विनियोजन गरिएको हो ।
साथै ७७ वटै जिल्लामा करिब २ करोड बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । सरकारी पछिल्लो तथ्याङ्क अनुसार मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला बाहेक ७३ वटा जिल्लाका २ हजार ६१ जनामा डेंगु सङ्क्रमण देखिएको हो । तर हाल सम्म सङ्क्रमण फैलिए पनि डेंगुका कारणले निधन भएको छैन ।
डेंगु नियन्त्रणका लागि सरकारले ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियान र डेंगुबाट हुने मृत्युलाई शून्यमा कायम राख्न कार्य गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण