भाटा बाबाको दर्शनका लागि हिँडेका २ जना सम्पर्कविहीन
वीरगन्ज । पर्साको पटेर्वासुगौलीस्थित दुग्धेश्वर मन्दिर (भाटा बाबा) को दर्शनका लागि हिँडेका २ जना युवक सोमबार बिहानदेखि सम्पर्कविहीन भएका छन् ।
मकवानपुरबाट आइतबार राति जङ्गलको बाटो हिँडेका ६ जना युवाको समूहमध्ये २ जना मन्दिर नपुग्दै सम्पर्कविहीन भएको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गतका रामभौरी भाटा सेन्टरले जानकारी दिएको छ ।
साउनको तेस्रो सोमबार लाग्ने मेला तथा मन्दिरको दर्शनका लागि मकवानपुरबाट हिजो ६ जना युवाहरूको टोली निस्केको थियो । जङ्गलको बाटो हिँडेका युवाहरूको टोलीमध्ये २ जना भने मन्दिर नपुग्दै सम्पर्कविहीन भएको बताइएको छ ।
मन्दिरको करिब ५ किलोमिटर परैको जंगलबाट ती २ जना युवाहरू सम्पर्कविहीन भएको सूचना प्राप्त भएको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गतका रामभौरी भाटा सेन्टर सुमन ठाकुरले बताए ।
सेन्टरले प्रमुख सुमन ठाकुरले भने, ‘हामी कहाँ २ जना हराएको खबर आएको छ, उसकै साथीहरूले हाम्रो कार्यालयमा सम्पर्क गरेका छन् । त्यसपछि प्रहरीलाई पनि खबर भइसकेको छ । प्रहरीसँगै अब हामी पनि आफ्नो टोलीले लिएर खोजीका लागि हिँडिसकेका छौँ ।’
तर हराएका व्यक्तिहरूको पहिचान भने अझ खुल्न नसकेको उनको भनाइ छ । उनका अनुसार मोबाइलको नेटवर्कले काम नगरिरहेको हुनाले थप विवरण आउन नसकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण