तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो
काठमाडौँ । तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । सोमबारको राष्ट्रिय सभाको बैठकले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले बैठकले सर्वसम्मत रूपमा विधेयकलाई समितिमा पठाएको जानकारी गराए ।
सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेस गरे ।
राष्ट्रिय सभाको अर्को बैठक साउन ३१ गतेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण