वर्षासँगै काठमाडौँमा अत्यधिक ट्राफिक जाम, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्तत भएको छ । माइतीघर, बबरमहल, भद्रकाली, थापाथली, बालाजु र त्रिपुरेश्वर क्षेत्रमा अत्यधिक ट्राफिक जाम भएको हो ।
सडकमा पानी जमेका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने, ‘पानी जमेको ठाउँमा सवारीको फ्लो राम्रो हुन सकेको छैन ।’
पानी जमेको ठाउँमा दुइपांग्रे सवारी नहिँड्दा र ठुला सवारीको गति कम भएर जाम भएको श्रेष्ठले बताए ।
लैनचोरबाट केशरमहलतर्फको सडक र माइतीघरबाट भद्रकाली तर्फ जाने सडकमा पानी बगेको छ । माइतीघरको सडकमा पानी बगेको कारण त्यसको असर बबरमहल, थापाथली र कुपण्डोल सम्म देखिएको छ ।
त्रिपुरेश्वर सडकमा पानी जमेपछि कालीमाटीबाट त्यसतर्फ आउने सवारी बिस्तारै चलेको छ । पुरानो बसपार्क क्षेत्रमा पनि पानीको असरले सवारी आवागमनमा समस्या भएको एसएसपी श्रेष्ठले बताए ।
_JQ5MaSSgwB.jpg)
_U0VaUnsp7Z.jpg)
_p5U60gzCSZ.jpg)
_pIpuuhRLcB.jpg)
_RY6mHELeY9.jpg)
_QfIv5CveBF.jpg)
_XKoBDWWs0z.jpg)
_OTqV2BVD1K.jpg)
_Yv6oSZ2O59.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण