वर्षासँगै काठमाडौँमा अत्यधिक ट्राफिक जाम, तस्बिरमा हेर्नुहोस्
_XKoBDWWs0z.jpg)
काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्तत भएको छ । माइतीघर, बबरमहल, भद्रकाली, थापाथली, बालाजु र त्रिपुरेश्वर क्षेत्रमा अत्यधिक ट्राफिक जाम भएको हो ।
सडकमा पानी जमेका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने, ‘पानी जमेको ठाउँमा सवारीको फ्लो राम्रो हुन सकेको छैन ।’
पानी जमेको ठाउँमा दुइपांग्रे सवारी नहिँड्दा र ठुला सवारीको गति कम भएर जाम भएको श्रेष्ठले बताए ।
लैनचोरबाट केशरमहलतर्फको सडक र माइतीघरबाट भद्रकाली तर्फ जाने सडकमा पानी बगेको छ । माइतीघरको सडकमा पानी बगेको कारण त्यसको असर बबरमहल, थापाथली र कुपण्डोल सम्म देखिएको छ ।
त्रिपुरेश्वर सडकमा पानी जमेपछि कालीमाटीबाट त्यसतर्फ आउने सवारी बिस्तारै चलेको छ । पुरानो बसपार्क क्षेत्रमा पनि पानीको असरले सवारी आवागमनमा समस्या भएको एसएसपी श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र
-
भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउन ८० करोड खर्च गर्दै कर्णाली सरकार
-
नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण छ : सांसद साउद
-
अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र कनेक्ट आइपीएसबाट गर्न सकिने
-
प्रदीप र गौरव लिएर नयाँ फिल्म बनाउँदै शर्मिला
-
प्रतिनिधिसभामा सांसदहरूले उठाए भारत–पाकिस्तान तनावको विषय