समाचार
बागलुङमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु, २ जना बेपत्ता
मङ्गलबार, २२ साउन २०८१, १५ : १४
पोखरा । बागलुङमा पहिरोले पुरिएर छुट्टाछुट्टै ठाउँमा ७ जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण पहिरो झर्दा उनीहरूको मृत्यु भएको हो ।
वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा एकै परिवारका ८ जना पहिरोमा पुरिएका हुन् । तीमध्ये ५ जनाको शव निकालिएको छ भने २ जना बेपत्ता छन् । एक जनाको घाइते अवस्थामा उद्धार गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापाले जानकारी दिइन् ।
उनीहरूको पहिचान खुल्न बाँकी छ । वडा नम्बर ९ को नयाँ बस्तीमा बिहानै पहिरोले पुरिँदा १४ वर्षका विधान परियारको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । यस्तै, सोही वडाको खहरे खोलामा पहिरोकै कारण २४ वर्षका गंगा बस्नेतको मृत्यु भएको छ ।
‘बाटो छैन । उद्धारका लागि टोली खटिएको छ,’ उनले भनिन्, ‘नगरप्रहरी र प्रहरी पुगिसकेका छन् । आर्मी पनि जाँदैछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण