गर्भावस्थामा अल्ट्रासाउन्ड कति जोखिमपूर्ण ?
काठमाडौँ । गर्भवती भएपछि आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे जानकारीका लागि विभिन्न जाँच गरिन्छ ।
गर्भावस्थाको समयमा बच्चाको विकास सही तरिकाबाट भएको छ कि छैन भन्ने कुराको मूल्याङ्कन गर्नका लागि चिकित्सकहरूले समय–समयमा अल्ट्रासाउन्ड गर्न सिफारिस गर्छन् ।
तर कतिपयको मनमा अल्ट्रासाउन्ड गर्दा पेटमा भएको बच्चालाई केही असर गर्ने हो कि भन्ने डर पैदा भएको पनि पाइन्छ । यसै सन्दर्भमा रहेर नेपाल इन्टरनेसनल हेल्थ सर्भिस (एनआइएचएस)का रेडियोलोजिष्ट विष्णु सिग्देलले गर्भअवस्थामा अल्ट्रासाउन्डले पेटमा भएको बच्चा र आमालाई कुनै असर नगर्ने बताएका छन् ।
उनले भने,‘अल्ट्रासाउन्ड हामीले जति पटक पनि गर्न सक्छौँ । १०–१५ पटक पनि गर्न सक्छौँ । केही फरक पर्दैन ।हाम्रो सोचाइ एक्सरेहरु जस्तै अल्ट्रासाउन्डले पनि कतै रेडियसन फाल्ने हो कि अथवा पेटमा भएको बच्चालाई पनि केही असर गर्ने हो कि भन्ने कुराले डर पैदा भएको पाइन्छ । कति बिरामीहरूमा त्यो डर मैले पनि देखेको छु । अल्ट्रासाउन्ड जति पटक गर्दा पनि केही फरक पर्दैन ।’
उनले तीन पटकसम्म गर्न पाइने डब्लुएचओले पुष्टि गरिसकेको र नेपालमा चाँही पूर्व गर्भ अवस्थाभर चार पटकसम्म गर्ने गरिएको बताए । तर आवश्यकताअनुसार आमा र बच्चा दुवैको अवस्था हेरेर जतिपटक पनि गर्न सकिने उनले स्पष्ट पारे ।
‘गर्भअवस्थामा एक्सरे चाहिँ सकेसम्म नगरेको नै ठिक हुन्छ, गर्नु पनि हुँदैन् । तर कहिलेकाहीं यदी ज्यान खतरामा पर्यो भने ठूलो दुर्घटनामा पर्यो भने र हेर्ने पर्ने त्यस्तो अप्ठ्यारो अवस्था आयो भने मात्र गर्नु राम्रो हुन्छ,’ सिग्देलले भने ।
प्रमिला कार्की,नेपाल न्यूज बैंक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण