काभा महिला भलिबल
काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतले नेपाललाई हरायो
बुधबार, २३ साउन २०८१, १९ : २४
काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगको उपाधि बुधबार भारतले जितेको छ । भारतले फाइनलमा नेपाललाई ३–२ सेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
यसअघि पहिलो सेटको नतिजालाई नेपालले आफ्नो पक्षमा पारेको थियो । पहिलो सेटमा नेपाल २५–२३ अंकले विजयी भएको थियो ।
दोस्रो सेटको नतिजालाई भने भारतले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा भ्रमणकारी टोली भारतले घरेलु टोली नेपाललाई २५–१४ अंकले पछि पारेको थियो ।
तेस्रो सेटको नतिजालाई नेपालले आफ्नो पक्षमा पारेको छ । तेस्रो सेटको खेलमा नेपालले भारतलाई २५–२२ अंकले पछि पारेको हो । चौथो सेटको नतिजालाई भारतले आफ्नो पक्षमा पारेको थियो । चौथो सेटमा भारतले नेपाललाई २५–२१ अंकले पछि पारेको थियो ।
पाँचौँ सेटमा भारतले नेपाललाई १५–५ अंकले पछि पार्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण