हिमालयन बैंकको स्वयम्भु शाखा स्थानान्तरण
बुधबार, २३ साउन २०८१, २३ : १३
काठमाडौँ । हिमालयन बैंकले साउन २१ गतेदेखि स्वयम्भु शाखालाई बालाजुमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको छ । हिमालयन बैंकले सिभिल बैंक प्राप्ति गरेपश्चात नजिक भएका शाखा सञ्जालहरुमध्ये स्वयम्भु शाखा– २ लाई स्थानान्तरण गरी बालाजु शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याइएको सो बैंकले जनाएको छ ।
उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले गरेका थिए । हाल बैंकले नेपालभर १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५ सयभन्दा बढी पीओएस टर्मिनल्स् र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण