विभिन्न स्थानमा पाँच जना मृत फेला

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडास्थित महिला सामुदायिक वनमा गोदावरी नगरपालिका–११ लिउसन बस्ने ७९ वर्षीय नरी कामी बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यता प्युठानको झिमरूक गाउँपालिका–३ कोटफेरा बस्ने ७३ वर्षीय हिरा सार्की सोही ठाउँस्थित कोठेभिर भन्ने स्थानमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । गत साउन १५ गतेदेखि घरबाट हिँडेकी उनको इलाका प्रहरी कार्यालय ओखरकोटबाट खटिएको प्रहरीले आफन्तको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो ।
उता बाँकेको जानकी गाउँपालिका–४ किरणनाला खोलामा सोही गाउँपालिका–४ गौरीनगर बस्ने ५७ वर्षीय स्वर्ण सिंह थापा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषाको जनकपुर उपमहानगरपालिका–३ बेला बस्ने मोहमद मुसलीम लहेरीकी छोरी ८ वर्षीय सबना खातुन सोही ठाउँ स्थित पानी जमेको खाल्डोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
सिन्धुली, गोलन्जोर गाउँपालिका–७ सुनकोशी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४१ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म