विभिन्न स्थानमा पाँच जना मृत फेला
काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडास्थित महिला सामुदायिक वनमा गोदावरी नगरपालिका–११ लिउसन बस्ने ७९ वर्षीय नरी कामी बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यता प्युठानको झिमरूक गाउँपालिका–३ कोटफेरा बस्ने ७३ वर्षीय हिरा सार्की सोही ठाउँस्थित कोठेभिर भन्ने स्थानमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । गत साउन १५ गतेदेखि घरबाट हिँडेकी उनको इलाका प्रहरी कार्यालय ओखरकोटबाट खटिएको प्रहरीले आफन्तको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो ।
उता बाँकेको जानकी गाउँपालिका–४ किरणनाला खोलामा सोही गाउँपालिका–४ गौरीनगर बस्ने ५७ वर्षीय स्वर्ण सिंह थापा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषाको जनकपुर उपमहानगरपालिका–३ बेला बस्ने मोहमद मुसलीम लहेरीकी छोरी ८ वर्षीय सबना खातुन सोही ठाउँ स्थित पानी जमेको खाल्डोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
सिन्धुली, गोलन्जोर गाउँपालिका–७ सुनकोशी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४१ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण