शिक्षा क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ : मन्त्री खड्गी
हेटौडा । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले एसईईको ग्रेड वृद्धि परीक्षा भइरहेका केन्द्रहरूको निरीक्षण तथा अनुगमन गरेकी छिन् । बुधबारदेखि सुरु भएको एसईईको ग्रेड वृद्धि परीक्षा सञ्चालन भइरहेका समयमा मन्त्री खड्गीले काठमाडौँ, भक्तपुर र ललितपुरका ४ विद्यालयमा अनुगमन तथा निरीक्षण गरेकी हुन् ।
निरीक्षणको क्रममा उनले विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाको समेत अवलोकन गरेकी छिन् । निरीक्षणका क्रममा सम्बन्धित विद्यालयका व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक र कर्मचारीहरूसँग अन्तरक्रिया समेत गरेकी थिइन् ।
उनले शिक्षा क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएको र शिक्षाको गुणस्तर सुधार तथा विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले निरीक्षण गरेको बताइन् । सामुदायिक विद्यालयको स्तर सुधार गर्ने र नतिजामुखी शिक्षण सिकाइको अवधारणा अनुसार काम गर्ने निर्देशन मन्त्री खड्गीले दिएकी छिन् ।
निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा खस्कनुको कारणसहित गुणस्तर सुधारका लागि योजना निर्माण गरेर मन्त्रालयमा पेस गर्न उनले विद्यालयहरूलाई निर्देशन दिएकी छिन् । प्रदेश सरकार शिक्षाको विकास र विद्यार्थीहरूको भविष्य प्रति गम्भीर भएर अघि बढेको उनको भनाई छ ।
अनुगमनका क्रममा विद्यालयका प्रधानाध्यापकहरुले शिक्षकहरूको क्षमता विकास, तालिम तथा प्रविधिको प्रयोग तथा सुविधायुक्त ल्याब र भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताएका थिए ।
अनुगमन टोलीमा प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, शिक्षा निर्देशनालय बागमती प्रदेशका महानिर्देशक दीपेन्द्र सुवेदी लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण