नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतकद्वारा राजीनामा

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले राजीनामा दिएका छन् । साउन ९ गते चेतनारायण आचार्य नेतृत्वको सरकारमा पार्टीको नेतृत्व गरेर मन्त्रीको शपथ लिने तयारीमा पुगेका उनलाई पार्टी नेतृत्वले रोकेपछि उनी असन्तुष्ट हुँदै आएका थिए ।
राजीनामाबारे नेता तिमिल्सिनाले पुष्टि गरेका छन् । उनले भने, ‘हो मैले राजीनामा दिएर काठमाडौँ आएको छु, गाडी पनि प्रदेशसभा सचिवालयमा छाडेर आएको हुँ ।’ साउन ९ गते मन्त्री बनेकाहरुलाई मन्त्रालय तोक्ने र उनलाई पनि मन्त्रीको शपथ खुवाउने गरी पार्टीले प्रचार गरे पनि अन्तिम समयमा रोकिएको थियो ।
अहिले कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा ४ जना मन्त्री बनेका छन् । संस्थापन समूहबाट ३ जना र इतर समूहबाट १ जना मात्रै परेका छन् । त्यही कारण पनि तिमिल्सिनालाई रोकिएको हुनसक्ने नेताहरुको आंकलन छ । अहिले कांग्रेसबाट प्रचण्डविक्रम न्यौपाने, धनेन्द्र कार्की, बादशाह कुर्मी र सरोज थापा मन्त्री भएका छन् । एउटा मन्त्रालय अझै कांग्रेसले पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता