नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतकद्वारा राजीनामा
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले राजीनामा दिएका छन् । साउन ९ गते चेतनारायण आचार्य नेतृत्वको सरकारमा पार्टीको नेतृत्व गरेर मन्त्रीको शपथ लिने तयारीमा पुगेका उनलाई पार्टी नेतृत्वले रोकेपछि उनी असन्तुष्ट हुँदै आएका थिए ।
राजीनामाबारे नेता तिमिल्सिनाले पुष्टि गरेका छन् । उनले भने, ‘हो मैले राजीनामा दिएर काठमाडौँ आएको छु, गाडी पनि प्रदेशसभा सचिवालयमा छाडेर आएको हुँ ।’ साउन ९ गते मन्त्री बनेकाहरुलाई मन्त्रालय तोक्ने र उनलाई पनि मन्त्रीको शपथ खुवाउने गरी पार्टीले प्रचार गरे पनि अन्तिम समयमा रोकिएको थियो ।
अहिले कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा ४ जना मन्त्री बनेका छन् । संस्थापन समूहबाट ३ जना र इतर समूहबाट १ जना मात्रै परेका छन् । त्यही कारण पनि तिमिल्सिनालाई रोकिएको हुनसक्ने नेताहरुको आंकलन छ । अहिले कांग्रेसबाट प्रचण्डविक्रम न्यौपाने, धनेन्द्र कार्की, बादशाह कुर्मी र सरोज थापा मन्त्री भएका छन् । एउटा मन्त्रालय अझै कांग्रेसले पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण