कुलमानले पत्रकार सम्मेलन गर्दै
शुक्रबार, २५ साउन २०८१, ०८ : १०
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्न लागेका छन् ।
आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा उनले प्राधिकरणमै पत्रकार सम्मेलन गर्न लागेका हुन् । दिउँसो साढे १ बजे हुन लागेको पत्रकार सम्मेलनमा उनले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे देखिएको विवादका साथै अन्य समसामयिक विषयमा आफ्नो धारणा राख्ने बताइएको छ ।
लेखा समितिले मागेको आधारमा बिहीबारमात्रै प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेका उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण बुझाएको थियो । लेखा समितिले उद्योगले बिजुली प्रयोग गरेको प्रमाण मागेपछि प्राधिकरणले बिहीबार टीओडी डाटासहितको विवरण उपलब्ध गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण