कुलमानले पत्रकार सम्मेलन गर्दै
शुक्रबार, २५ साउन २०८१, ०८ : १०

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्न लागेका छन् ।
आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा उनले प्राधिकरणमै पत्रकार सम्मेलन गर्न लागेका हुन् । दिउँसो साढे १ बजे हुन लागेको पत्रकार सम्मेलनमा उनले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे देखिएको विवादका साथै अन्य समसामयिक विषयमा आफ्नो धारणा राख्ने बताइएको छ ।
लेखा समितिले मागेको आधारमा बिहीबारमात्रै प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेका उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण बुझाएको थियो । लेखा समितिले उद्योगले बिजुली प्रयोग गरेको प्रमाण मागेपछि प्राधिकरणले बिहीबार टीओडी डाटासहितको विवरण उपलब्ध गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्याङजामा स्कुटर ट्रकसँग ठोकियो, युवतीको मृत्यु
-
डिप्लोमा इन्जिनियरिङ काउन्सिल गठन हुन्छ : मन्त्री दाहाल
-
सरकारी विद्यालयले निजीसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाऔँ: न्यायाधीश मल्ल
-
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
-
सप्तरी घटनाबारे जानकारी लिन गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा
-
सहसचिव भट्टराई तीन दिन अख्तियारमा उपस्थित, मन्त्रालयमा गर्छन् हाजिर