मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

टेलिभिजन कार्यक्रम ‘कमेडी किरो राष्ट्रको हिरो’ को घोषणा

शुक्रबार, २५ साउन २०८१, ११ : ५२
शुक्रबार, २५ साउन २०८१

काठमाडौँ । हास्य ब्यङ्ग्यमा आधारित टेलिभिजन कार्यक्रम ‘कमेडी किरो राष्ट्रको हिरो’ को घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमबिच घोषणा गरिएको सो कार्यक्रम रेस्क्यु क्रियसनले निर्माण गर्न लागेको हो ।

‘कमेडी फर करियर’ भन्ने नारासहित प्रसारणमा आउन लागेको कार्यक्रम जनता टेलिभिजन, म्युजिक नेपालको युट्युब र रेडियो जनता ८९.१ मेगाहर्जबाट एकसाथ प्रसारणमा आउनेछ । देशभरबाट डिजिटल अडिसनमार्फत आएका प्रतियोगीबाट टप २० छान्ने र उनीहरुलाई १ वर्षका लागि रोजगार दिने कार्यक्रमको लक्ष्य छ । ४ किसिमको वर्गीकरण गरेर कार्यक्रमको फर्म्याट बनाइएको छ ।

कार्यक्रममा बोल्दै जनता टेलिभिजनका अध्यक्ष डा.विजय पौडेलले यस कार्यक्रमले आर्थिक आर्जनमा समेत मद्दत पुग्ने र धेरैले रोजगारी पाउने बताए । कार्यक्रमको सञ्चालन कमेडियन दिनेश काफ्लेले गर्नेछन् । कार्यक्रममा सहभागीहरुलाई सन्तोष खनाल, सुदिप खतिवडा, सरोज भण्डारीले प्रशिक्षण दिनेछन् । कार्यक्रमको निर्देशक मोहन अधिकारी रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप