प्रेस सेन्टर नेपालले गरायो प्रेस काउन्सिलको ध्यानाकर्षण
काठमाडौँ । प्रेस सेन्टर नेपालले पत्रपत्रिकाको वर्गीकरणको नतिजालगायतका विषयमा प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको छ । प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा उपाध्यक्षहरु लक्ष्मण खडका, ओपेन्द्र शर्मा , दिपेन्द्र रावल र महासचिव सन्तोष पौडेल लगाएत करिब २० जनाको प्रेस सेन्टरको टोलीले काउन्सिल पुगेर अध्यक्ष बालकृष्ण बस्नेतको ध्यानाकर्षण गराएको हो ।
वरिष्ठ उपाध्यक्ष गिरीले प्रेस काउन्सिल नेपाल नेपाली पत्रकारहरूको आशा र भरोसाको केन्द्र भएको बताए । अन्तर्राष्ट्रिय र नेपाली मान्यताअनुसार पनि काउन्सिल अर्धन्यायिक निकाय भएकाले यसले सम्पादन गर्ने कार्यहरू न्यायोचित हुनुपर्ने आफूहरूको मान्यता रहेको बताए ।
गिरीले पछिल्लो समय प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरण, पुरस्कार वितरण लगायतमा पक्षधरता देखिएको गुनासो आएको बताए । काउन्सिलको विषयमा यस्तो टिप्पणी आउनु समग्र पत्रकारिताकै लागि नराम्रो हुने भन्दै उनले यसबारेमा काउन्सिल नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने बताए ।
पछिल्लो पटक पत्रपत्रिकाको वर्गीकरणको विषयमा आफूहरूको असहमति रहेको र त्यसलाई सच्याएर काउन्सिल अघि बढ्नुपर्ने गिरीको भनाइ थियो । कार्यक्रममा उपाध्यक्ष लक्ष्मण खडका, ओपेन्द्र शर्मा लगायतले पत्रपत्रिका वर्गीकरण न्यायोचित नभएकोले सच्चाउनुपर्नेमा जोड दिएका थिए भने कार्यक्रममा महासचिव पौडेलले प्रेस सेन्टरको वक्तव्य पढेर सुनाएका थिए ।
काउन्सिल अध्यक्ष बस्नेतले काउन्सिलको सफलतामा प्रेस सेन्टर जस्ता पत्रकारहरूका संगठनको सहयोग आवश्यक रहेको उल्लेख गरे । यसपटकको पत्रपत्रिकाको वर्गीकरणका विषयमा बढी गुनासो आएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले त्यसमा पुनर्विचार गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण