न्याय परिषद् बैठक
बागचन्द पोखराको मुख्य न्यायाधीशमा सिफारिस
शुक्रबार, २५ साउन २०८१, १८ : ४७

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दलाई मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
शुक्रबार बसेको न्याय परिषद्को बैठकले उनलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशका लागि सिफारिस गरेको हो । उनलाई प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नियुक्ति दिने छन् ।
पोखरा उच्च अदालतका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा सरुवा गरिएको छ ।
त्यस्तै राजश्व न्यायाधिकरण पोखराको कानुन सदस्य एवं अध्यक्ष पदमा पोखरा उच्च अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय परिषद्ले गरेको छ ।
शुक्रबार बसेको परिषद्को बैठकले ३५ जिल्ला न्यायाधीश नियुक्तिसँगै थप केही जिल्ला अदालतका न्यायाधीशहरूको पनि सरुवा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रमा बढ्यो खेलकुदको बजेट, प्रदेशमा कस्तो छ ?
-
बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका प्रतिवादी पक्राउ
-
भारत र इङ्ल्यान्डबिचको टेस्ट सिरिज आजबाट
-
कर्णालीले ७९ स्थानीय तहलाई दियो ४ अर्ब ५९ करोड, कुन पालिकालाई कति ?
-
नेपाली सूचीकृत कम्पनीमा अन्तर्राष्ट्रिय दिगोपना मापदण्ड भित्र्याउन नेप्सेको पहल
-
माओवादीको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित