जेलबाट झिकाएर संसदीय समितिले लियो सहकारी ठगीका अभियुक्तसँग बयान
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरण मुछिएका चार जना अभियुक्तहरुसँग बयान लिएको छ । शनिबार बसेको समितिको ३४ औं बैठकमा विभिन्न सहकारीमा आबद्ध रहेर सहकारी ठगी आरोपमा जेल परेका चार जनासँग बयान लिइएको हो ।
उनीहरुलाई जेलबाट झिकाएर बयान लिइएको समितिका सभापति सुर्य थापाले जानकारी दिए । थापाका अनुसार पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्व अध्यक्ष सीबी लामा, नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बा, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, कौशलटार भक्तपुरका शेयर सदस्य तथा ऋणी केदारनाथ शर्माकी श्रीमती गीता शर्मा र तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग बैठकमा झिकाएर बयान लिइएको हो ।
लामालाई केन्द्रीय कारागार जगन्नाथ देवल र सुब्बालाई नख्खु जेलबाट बैठकमा झिकाइएको थियो । शर्मालाई केन्द्रीय कारागार जगन्नाथ देवल र केदारनाथलाई नख्खु जेलबाट झिकाएर बयान लिइएको सभापति थापाले बताए । विशेष समितिको कार्यविधिअनुसार उनीहरुसँग बयान लिइएको थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण