विशेष अदालतद्वारा कार्यालय प्रमुख रिमालसहित पाँच जना दोषी ठहर
काठमाडौँ । विशेष अदालतले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजीव रिमालसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु,रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो ।
विशेषले कार्यालय प्रमुख राजीव रिमाल, तेजबहादुर शाही, हिराबहादुर शाही, तीर्थबहादुर शाही र नरबहादुर लावडलाई दोषी ठहर गरेको हो । विशेषले लावडलाई ६ महिना कैद र रिमाललाई ३ महिना कैदको फैसला सुनाएको छ भने अन्यलाई कैद ठहर भएको छैन ।
विशेषले सबै प्रतिवादीबाट बिगो ५ लाख ६१ हजार ४ सय ८१ रुपैयाँ असुल गर्ने ठहर गरेको छ भने जरिवाना फरक फरक निर्धारण गरेको छ। विशेषले लावड बाहेक तेजबहादुर, हिराबहादुर र राजीवलाई समान जरिवाना १ लाख १२ हजार २ सय ९६ भराउने भनेको छ। तर लावडलाई १ लाख ३२ हजार २ सय ९६ रुपैयाँ भराउने फैसलामा भनेको छ । अख्तियारले २०८१ वैशाख २ गते उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा मुगुको सोरु गाउँपालिका–५ को नेर सिँचाइ आयोजनाको पाइपलाइन कार्य एक हजार सात सय मिटर हुनुपर्नेमा आधा मात्रै काम गरी पाँच लाख ६१ हजार चार सय ८१ बराबरको रकम बढी भुक्तानी गरेको भन्दै मुद्दा दायर गरेको थियो ।
आयोगले कार्यालय प्रमुख रिमाल, सवइञ्जिनियर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाही विरुद्ध मुद्दा दायर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र बोस्निया–हर्जगोभिनाबिचको खेल सुरु
-
काठमाडौँका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
-
इप्पान निर्वाचन: कोषाध्यक्ष पदको मतगणना सुरु
-
१२ बजे १२ समाचार: उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजनादेखि इन्टर्न चिकित्सकको चरम शोषणसम्म
-
पहिलो म्याचिङ् लिस्टबाट छात्रवृत्तिका लागि ३ हजार ५१ जना विद्यार्थी भर्ना: दोस्रो म्याचिङ लिस्टमा ४८६ जना विद्यार्थी
-
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण