अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या, भारतमा ३ लाख डाक्टर हडतालमा
कोलकाता । भारतको कोलकातास्थित राधागोविन्द कर मेडिकल कलेज तथा अस्पतालमा गत अगस्त ८ मा एक प्रशिक्षार्थी डाक्टरको अर्धनग्न शव फेला परेको थियो । प्रहरीका अनुसार ती डाक्टरको बलात्कारपछि हत्या गरिएको हो ।
घटनालाई लिएर सोमबार देशभरका रेजिडेन्ट डाक्टरहरू हडतालमा उत्रिएका छन् । एम्स दिल्लीसहित देशभरका सबै सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित भएका छन् । यद्यपि, इमर्जेन्सी सेवा भने सुचारु रहेका छन् ।
अल इन्डिया रेजिडेन्ट डाक्टर्स एसोसिएसनका महासचिव डा.सर्वेश पाण्डेले स्वास्थ्य सचिवसँग घटनाबारे सीबीआईले छानबिन गर्नुपर्ने तथा डाक्टरहरूको सुरक्षाका लागि सेन्ट्रल प्रोटेक्सन एक्ट लागू गर्न माग गरिएको जानकारी दिए । यस विषयमा लिखित सम्झौता नभएसम्म हडताल जारी राख्ने उनले बताए ।
यसैबिच मुख्यमन्त्री ममता बेनर्जी सोमबार बिहान दिवङ्गत प्रशिक्षार्थी डाक्टरको घरमा पुगेकी थिइन् । उनले १८ अगस्तसम्म प्रहरीले हत्यारा पत्ता लगाउन नसके यस केसलाई सीबीआईलाई हस्तान्तरण गरिने जानकारी दिइन् । उनले यो मुद्दा फास्ट ट्रयाक कोर्टबाट अघि बढाइने पनि उल्लेख गरिन् ।
प्रहरीले यस घटनामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्जय राय रहेका छन् । उनले नै अस्पतालको पछाडि गएर रक्सी पिएर डाक्टरको बलात्कार र हत्या गरेको प्रहरीको भनाई छ । हत्यापछि घर गएर उनले प्रमाण मेटाउन कपडा धोएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको जुत्तामा खुनको दाग देखिएको छ । प्रहरीले घटनाको विषयमा सो रात ड्युटीमा रहेका ३ डाक्टर र १ स्टाफसँग सोधपुछ गरेको छ । घटनापछि मेडिकल कलेजका प्रिन्सिपल डा.सन्दीप घोषले राजीनामा दिएका छन् । –दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण