शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

निओ मनि ट्रान्सफर र कुवेतको अल–एक्तसाद एक्सचेन्जबिच सहकार्य

सोमबार, २८ साउन २०८१, १५ : २२
सोमबार, २८ साउन २०८१

काठमाडौँ । निओ मनि ट्रान्सफर र कुवेतको अल–एक्तसाद युनाइटेड एक्सचेन्ज बीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि कुवेतमा बसिरहेका नेपालीहरुले सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । 
कुवेतमा रहेका नेपालीहरुले अब अल–एक्तसाद युनाइटेड एक्सचेन्जको १२ वटा शाखाहरुबाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बैंक तथा वालेट भुक्तानी कारोवारहरु निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहिहरुको खातामा भुक्तानी हुने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ । साथै नगदमा पठाइएको कारोवार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५,००० भन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप