‘समाजवाद’ शब्द हटाउन कांग्रेस नेता घिमिरेको माग
काठमाडौँ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टीको मूल आदर्शका रूपमा रहेको ‘समाजवादी’ शब्द हटाउन माग गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा घिमिरेले कांग्रेसले समाजवादी शब्द राख्दा कम्युनिस्टहरूलाई फाइदा भएको भन्दै उक्त शब्द हटाउनुपर्ने माग राखेका हुन् ।
नेपाली कांग्रेसले स्थापनाकाल देखिनै राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्श मान्दै आएको छ । ‘संसारका कुनै पनि लोकतान्त्रिक मुलुकले आफूलाई समाजवादी भन्दैनन्, हामी र कम्युनिस्ट पार्टीबिचको अन्तर छुट्टाउन पनि कांग्रेसले समाजवाद शब्द हटाउनुपर्छ’, घिमिरेले रातोपाटीसँग भने, ‘आज बीपी जीवित हुनुभएको भए समाजवादको रटान लगाइरहनुहुन्थ्यो ? के हामीले भनेजस्तो स्केन्डेभियन मुलुकहरूले आफूलाई समाजवादी भन्छन् कि, सोसल डेमाेक्रयाट ?’
सोमबारको केन्द्रीय समिति बैठकमा उद्योगपति समेत रहेका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीले निजी क्षेत्रको आकांक्षा र चाहनाको नेतृत्व गर्छ कि गर्दैन भन्ने अन्योल रहेकाले स्पष्ट पार्टीले पार्नुपर्ने बताएका छन् । ‘८० प्रतिशतभन्दा बढी लगानीको अभिभारा निजी क्षेत्रसँग रहेको छ । तर लगानीकर्ता निराश र त्रसित रहेका छन्’, चौधरीको भनाइ छ ।
कांग्रेसको आर्थिक नीति र दृष्टिकोण अहिलेसम्म पनि अस्पष्ट रहेको भन्दै चौधरीले पार्टीको आर्थिक दृष्टिकोणलाई नयाँ ढङ्गले परिभाषित गर्ने बेला भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण