नेपाल लाइफ इन्स्योरेन्सले एक वर्षमा कमायो ५१ करोड ३९ लाख नाफा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत वर्ष ५१ करोड ३९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ३९ करोड २९ लाख १५ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले पछिल्लो वर्ष ३०.८१ प्रतिशतले नाफा वृद्धि गरेको हो ।
खासगरी कम्पनीको कर्जा लगानीबाट राम्रो आम्दानी हुँदा नाफामा वृद्धि भएको हो । कम्पनीको वित्तीय रिपोर्ट अनुसार समीक्षा वर्षमा ब्याज आम्दानी १८.९७ प्रतिशत बढेर १५ अर्ब २० करोड ३० लाख रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०८०/८१ को कम्पनीको खुद बीमा शुल्क आर्जन ९.८६ प्रतिशतले बढेर ४० अर्ब ११ करोड २ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको बीमा कोषको आकार बढेर १ खर्ब ९८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
आर्थिक वर्षको अन्तसम्ममा कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेकोमा यसको रिटेन्ड अर्निङमा ५२ करोड ८४ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण