थाइल्याडको ‘जुनियर मोडल एन्ड सुपर ग्लोब’मा नेपाली बालकहरूले जिते उपाधि
काठमाडौँ । थाइल्याण्डमा आयोजना भएको ‘जुनियर मोडल एन्ड सुपर ग्लोब इन्टरनेशनल २०२४’मा तीन नेपाली बालकहरूले उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा सहभागी सौगात घिसिङ, आरभ गौतम, कृतज्ञ डंगोलमा घिसिङले फष्ट रनरअप (टिन)को अलवा बेष्ट नेशनल रिप्रिजेन्टेसन नेपाल र प्रिन्स आफ एसियाको उपाधि हासिल गर्न सफल भए ।
त्यस्तै आरभ गौतमले एक्ट्रिम ट्यालेन्ट प्रिन्स र बेष्ट नेशनल रिप्रिजेन्टेसन नेपालको उपाधि प्राप्त गर्दा सोही प्रतियोगितामा सहभागी अर्का प्रतियोगी कृतज्ञ डंगोलले भने सेकेन्ड रनरअफ (प्रिटिन) र बेष्ट इन्टरभ्यु (प्रिटिन) भए ।
बैंककमा आयोजना भएको प्रतियोगितामा सौगातले टिन (१३ देखि १५ वर्ष), आरभले प्रिन्स (८ देखि १० वर्ष) र कृतज्ञले प्रि–टिन (१०देखि १२ वर्ष) समूहमा प्रतिनिधित्व गरेका थिए ।
विश्वका २० बढी राष्ट्रका बालबालिका सहभागिता रहेको कार्यक्रममा सहभागी बालकले नेपालको भेषभुषा र कला संस्कृति समेत प्रदर्शन गरेका थिए ।
प्रतियोगीमा सहभागी बालबालिकालाई मोटिभेसनका लागि उनीहरूसँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु सहभागी थिए । सौगात, आरभ र कृतज्ञ रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०२४’का विजेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण