भारतमा गुगलले सुरु गर्यो पिक्सेल ८ को उत्पादन
नयाँ दिल्ली । अमेरिकी बहुराष्ट्रिय सर्च इन्जिन कम्पनी गुगलले भारतमा आफ्नो स्मार्टफोनको उत्पादन सुरु गरेको छ । कम्पनीले भारतमा पिक्सेल ८ बनाउन सुरु गरेको हो ।
कम्पनीले गत वर्ष गुगल फर इन्डिया कार्यक्रममा यसको घोषणा गरेको थियो । फोन बनाउन सुरु गरेको भन्दै यसका लागि कम्पनीले केन्द्रीय सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवलाई धन्यवाद दिएको छ ।
कम्पनीले यो वर्षको दोस्रो त्रैमासदेखि नै फोन बनाउन सुरु हुने अनुमान गरिएको थियो । केही ढिला भए पनि कम्पनीले अहिले आफ्नो उत्पादन थालेको छ ।
कम्पनीले छिटै भारत र विश्व बजारमा आफ्नो नयाँ पिक्सेल स्मार्टफोन लन्च गर्दैछ । कम्पनीले भारतमा नयाँ फोल्डिङ फोन पनि लन्च गर्दैछ । गुगलले भारतको बजारमा फोल्डिङ फोन लन्च गर्न लागेको यो पहिलो पटक हुनेछ ।
भारतमा स्थानीय उत्पादकबारे कम्पनीले कुनै जानकारी दिएको छैन । गुगलले भारतीय बजारमा हरेक महिना एक लाख थान फोन बनाउने योजना बनाइरहेको छ ।
आइफोन निर्माता कम्पनी एप्पलले पनि भारतमा आइफोन बनाइरहेको छ । कम्पनीले आफ्नो पछिल्लो स्मार्टफोन भारतमा बनाइरहेको छ । यस्तोमा यो सूचिमा गुगल पनि थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण