अदालत
विशेषले दियो भ्रष्टाचार मुद्दामा गोदावरी नगरपालिकाका मेयरलाई सफाइ
बुधबार, ३० साउन २०८१, १९ : ३७
काठमाडौँ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा ललितपुरस्थित गोदावरी नगरपालिकाका मेयरसहित सबैलाई सफाइ दिने फैसला सुनाएको छ । विशेष अदालतले बुधबार यससम्बन्धी पाँच मुद्दामा दाबी नपुग्ने फैसला सुनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष जेठ २१ मा गोदावरीका मेयर गजेन्द्र महर्जनसमेतलाई प्रतिवादी बनाउँदै पाँचवटा मुद्दा दायर गरेको थियो । आर्थिक वर्ष ०७५/७६ देखि नै वार्षिक रूपमा राजस्व हिनामिना गरेको अभियोग लगाइएको थियो ।
सबै मुद्दामा गरी एक अर्ब रुपैयाँ बिगो निर्धारण गरी मुद्दा दायर भएकोमा विशेषले सफाइ दिएको हो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाले फैसला गरेका हुन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण