सप्तरीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
बुधबार, ३० साउन २०८१, २१ : २७
सप्तरी । सप्तरीमा आज छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
घरको पर्खाल (वाल) प्लास्टर गर्ने क्रममा राजविराज नगरपालिका–५ मा एक मजदुर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक दुण्डीराज न्यौपानेले स्थानीय राजाराम दासको घरको पर्खाल (वाल) प्लास्टर गर्ने क्रममा राजविराज–९ मलेठका ४० वर्षीया उर्मिला महतोको मृत्यु भएको जानकारी दिए ।
पर्खाल झर्दा निजको टाउको, हात र शरीरमा चोट लागेर घाइते भएकी महतोको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–३ शम्भुनाथ मन्दिर जाने बाटोमा आजै एक पुरुष मृत फेला परेका छन् । निजको पहिचान खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
-
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
-
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त
-
‘एन्फा अध्यक्षले राष्ट्रको शिर झुकाउने काम गरे, देशद्रोहमा कारवाही हुनुपर्छ’
-
भेनेजुएलालाई चीनको सहायता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण