घुम्न आएका चिनियाँसँग १४ वर्षीय किशोरीलाई बिहे गराइदिएपछि...
पोखरा । घटना साउन १३ गतेको हो । ९० दिनको भिजिट भिसामा नेपाल घुम्न आएका एक चिनियाँ नागरिकसँग पोखरामा नेपाली १४ वर्षीय किशोरीको विवाह भएको छ ।
केटाको उमेर ३१ वर्ष । केटीको १४ वर्ष । चिनियाँ नागरिकसँग अनुचित लाभ लिएर ती किशोरीको विवाह गराइदिएको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लमजुङ घर भई पोखरा १६ बस्ने २२ वर्षकी सरु विक र पोखरा २२ आर्बाकी ३४ वर्षीय भगवती अधिकारी छन् । किशोरीसँग विवाह गरेका चिनियाँ नागरिक जि मिङ चेन पनि पक्राउ परेका छन् । उनी पोखराको पारामाउन्ट गेस्ट हाउसमा बस्दै आएका थिए ।
‘किशोरीलाई चाइनिज नागरिकसँग विवाह गरे भविष्य बन्छ भनेर फकाएका रहेछन् । अनुसन्धान गर्दै जाँदा चिनियाँसँग उनीहरुले अनुचित लाभ लिएको पाइएको छ,’ प्रहरीले भनेको छ, ‘विवाह गरेर किशोरीलाई होटेलमा बन्धक बनाएर राखेको देखियो ।’
किशोरी होटेलबाट झुक्काएर भागेपछि प्रहरीमा सूचना परेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार किशोरीको उद्धारपछि उनकी आमाले प्रहरीमा उजुरी दिएकी हुन् ।
तीनैजना विरुद्ध कास्की अदालतबाट ५ दिनको म्याद थपेर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान थालिएको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण