गृहमा रोकिएको निर्वाचन व्यवस्थापन विधेयक अर्थ मन्त्रालयमा
बिहीबार, ३१ साउन २०८१, १४ : ४९
काठमाडौँ । गृह मन्त्रालयमा लामो समयदेखि रोकिएको निर्वाचन व्यवस्थापन विधेयक अर्थ मन्त्रालयमा पुगेको छ । राय परामर्शका लागि विधेयक अर्थ मन्त्रालयमा पठाइएको गृह मन्त्रालयका सहसचिव भरतमणी रिजालले बताए ।
निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको निर्वाचन व्यवस्थापन सम्बन्धी विधेयक लामो समयदेखि गृह मन्त्रालयमा अलपत्र थियो । सो विधेयक अधि बढाउन २०७८ पुसमा मन्त्रीपरिषद्ले सैद्धान्तिक सहमति दिएको थियो ।
निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित कानुनलाई समेटेर समयानुकूल एकीकृत निर्वाचित विधेयक तयार गरेर संसदमा दर्ताका लागि गृह पठाएको थियो । तर, सो विधेयक गृहमा लामो समय रोकिएर बल्ल अर्थ मन्त्रालयमा राय परामर्शका लागि पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण