माओवादीलाई कांग्रेस सांसद भट्टको जवाफ : देश रहरमा चल्दैन
काठमाडौँ । राष्ट्रिय सभा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले देश रहरमा नचल्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेकपा (माओवादी केन्द्र) का सांसदको सवालमा जवाफ दिँदै सांसद भट्टले देश कसैको रहरमा नभई कानुन र विधि अनुसार चल्ने बताए । उनले संविधान संशोधनको कुरा गर्दा मात्रै पनि ज्वरो आउनुपर्ने कारण नरहेको बताए । उनले सरकार गयो भन्ने धङधङीमा नरहन माओवादीलाई आग्रह गरे ।
सांसद भट्टले देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका पक्षधरहरू सबैको उद्देश्य जनताको सेवा गर्ने हुनुपर्ने बताए । विपद्मा परेकाहरूको उचित व्यवस्था गर्न पनि सरकारसँग उनले आग्रह गरे ।
उनले भने, ‘हामी धङधङीमा छौँ । सरकार गयो, किन गयो, कसका कारणले गयो । म विनम्रताकासाथ अनुरोध गर्न चाहन्छु । त्यसको कारक कांग्रेस नै हो । कि हामी पनि हौँ । यो देश रहरमा चल्छ ? आज देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका हामी पक्षधरहरू जो जहाँ भएपनि हामी सबैको भावना देश सेवा र जनताको सेवा गर्ने उद्देश्य होइन र ? हामी जहिले पनि आरोप, प्रत्यारोप उत्रिने । बोल्न मन नलागेको विषयमा पनि प्रयास गर्नुपर्ने ।’
सांसद भट्टले विपत्तिमा परेकाहरूलाई सरकारले छिटो भन्दा छिटो राहतको व्यवस्था गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण