राखेप र एन्फाबिच दशरथ रंगशालाको मैदान स्तरोन्नतिका लागि छलफल
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङबिच दशरथ रंगशालाको मैदान स्तरोन्नतिका विषयमा बुधबार छलफल भएको छ । मैदान स्तरोन्नतिका लागि लाग्ने समय, बजेटलगायतका विषयमा दुई पक्षबिच त्रिपुरेश्वरस्थित राखेपमा प्रारम्भिक छलफल भएको हो ।
सो अवसरमा सदस्य–सचिव घिसिङले मैदानको स्तरोन्नति गर्न लाग्ने समय सीमा, बजेटलगायतका विषयमा चासो व्यक्त गर्दै सो कार्यका लागि दुवै पक्ष गम्भीर भएर पहल गर्नु पर्नेमा जोड दिए ।
‘दशरथ रंगशालाको मैदान स्तरोन्नति गर्न कति समय लाग्छ ? कति बजेट लाग्छ ? प्रारम्भिक खाका तयार गरी पेस गर्नु होला,’ सदस्य–सचिव घिसिङले चासो व्यक्त गर्दै भने– ‘समय सीमा तोकेर प्रारम्भिक खाका तयार गर्नु होला । त्यसपछि राखेप र एन्फा मिलेर मैदान स्तरोन्नतिका लागि गम्भीर भएर पहल गर्नु आवश्यक छ । बजेटका कारण कुनै पनि हालतमा रोकिनु हुँदैन ।’
यो विषयमा राखेपले आइतबारै एन्फालाई पत्राचार पनि गरिसकेको छ । अध्यक्ष नेम्वाङले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्ने गरी स्तरवृद्धि गर्नका लागि परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सस्तैमा समेटियो बंगलादेश, पहिलो पालीमा भारतलाई २२७ रनको अग्रता
-
वर्षेनी १ करोड डिमेन्सियाका नयाँ बिरामी थपिन्छन्
-
विक्रम राठौड राजस्थान रोयल्सको ब्याटिङ प्रशिक्षक
-
ठगीमा संलग्न प्रभाकर थापालाई कांग्रेसकै आडमा उन्मुक्ति
-
महासंघका अध्यक्षपछि कार्यवाहक अध्यक्षले पनि दिए राजीनामा
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा समस्या समाधानका लागि आयोग गठन