मधेस सरकारले गर्यो सरकारी स्वामित्वका प्रयोगविहीन भवनको अनुगमन
वीरगन्ज । मधेस प्रदेश सरकारले प्रयोगविहीन सरकारी भवनहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । बिहीबार मुख्यमन्त्री सतिस सिंहसहित मन्त्रीहरूले जनकपुरको नक्टाझिभमा रहेको कृषि निर्देशनालय र मुजेलियास्थित मणिपाल भवनको अनुगमन गरेको हो ।
संघीय सरकारको मातहतमा रहेका जनकपुरस्थितका प्रयोगविहीन तथा जीर्ण भवनहरूको प्रदेश सरकारले वस्तुस्थिति बुझ्ने काम गरिएको मुख्यमन्त्री सिंहले बताए । उनका अनुसार प्रदेश सरकारमा चारवटा मन्त्रालयहरू ‘रेड जोन’ मा छन् । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राहीको चाँप अनुसार पर्याप्त ठाउँ नभएकोले यी दुई ठाउँको विकल्पका लागि प्रयोगविहीन सरकारी संरचनाको अवलोकन गरिएको उनले बताए ।
उनले भने, ‘आज सबै मन्त्रीज्यूहरू सल्लाह गरेर अनुगमनमा निस्केका हौँ, अनुगमन पनि गरियो । अब यी कार्यालयहरू संघीय सरकार मातहत छन् । समन्वय गरेर प्रदेश सरकारले विकल्पमा प्रयोग गर्ने योजना बनाउने छ । संघीय सरकारले सहमति दिएमा सबै जीर्ण भवनहरूलाई मर्मत तथा व्यवस्थित गरेर प्रयोगमा ल्याउँछौँ ।’
प्रदेश सरकारले अनुगमन गरेको नक्ठाझिझमा सरकारको स्वामित्वमा २८ बिघा जग्गा रहेको छ । त्यहाँ अहिले कृषि बिरुवा, धान, गहुँ उत्पादनको कार्य भइरहेको अनुगमनमा पाइएको प्रदेश सरकारको टोलीले जानकारी दिएको छ । प्रदेश सरकारबाट मुख्यमन्त्री सिंहसहित भौतिक मन्त्री सरोज यादव, कृषि मन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा मन्त्री रानी शर्मालगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
-
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
-
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त
-
‘एन्फा अध्यक्षले राष्ट्रको शिर झुकाउने काम गरे, देशद्रोहमा कारवाही हुनुपर्छ’
-
भेनेजुएलालाई चीनको सहायता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण