फ्राईडे रिलिज : देशभर ‘बुलाकी’ प्रदर्शनमा
काठमाडौँ । आज (शुक्रबार)बाट फिल्म ‘बुलाकी’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । फिल्मको यो पुनः प्रदर्शन हो । गत वर्षको वैशाखमा रिलिज भएको यो फिल्मले उल्लेख्य सोज पाउन नसकेको कारण रिलिज स्थगित गरिएको थियो ।
बक्स अफिसमा ‘बुलाकी’को यो दोस्रो परीक्षा हो । फिल्मलाई बलिउडको ‘स्त्री २’ ठुलो चुनौती बन्न सक्छ । किनभने बिहीबार रिलिज भएको यो फिल्मले ओपनिङ व्यवसाय राम्रो गरेको छ ।
‘बुलाकी’ कर्णालीको संस्कृति र जीवन शैलीलाई उतारेको फिल्म हो । जारी प्रथा (महिलाले अर्को बिहे गरेमा वा श्रीमानसँग बस्न नचाहेमा निश्चित रकम तिरेर छुटिनुपर्ने सामाजिक नियम), बेरोजगारीको समस्या, सन्तान नहुँदाको पीडा, कर्णालीको सङ्घर्षपूर्ण जीवनलाई मियो बनाएर कथावाचन गरेको छ ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, बिराज विष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, धनबहादुर राई, झलनाथ खत्री, सुशील पोखरेल, कुलदीप अधिकारी, लक्ष्मण देवकोटा लगायतको अभिनय छ ।
टोपेन्द्र विष्ट निर्माता तथा शिवराज पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शिव ढकालको छायाङ्कन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण