‘अब हाँस्छ युरोप’ कार्यक्रम पोल्यान्डबाट सुरु हुने
काठमाडौँ । नयाँ पुस्ताका हास्य कलाकारहरू भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले युरोपका विभिन्न देशमा रहेका नेपालीलाई हँसाउने भएका छन् ।
मामा इभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्सको संयुक्त आयोजनामा ‘अब हाँस्छ युरोप’ कार्यक्रम मार्फत उनीहरुले युरोपमा हँसाउन लागेका हुन् ।
हास्य रियालिटी सो ‘कमेडी च्याम्पियन’बाट चर्चित बनेका यी कलाकारले केही अगाडि अमेरिका टुर सकाएर फर्किएका थिए । आयोजकका अनुसार कलाकारको युरोपमा हँसाउने यात्रा अगस्ट ३१ तारिखदेखि पोल्यान्डको तेस्रो ठुलो सहर उचबाट प्रारम्भ हुनेछ ।
पोल्यान्डमा हुने कार्यक्रमको व्यवस्थापन एनआरएनए क्षेत्रीय समिति उचले गरिरहेको छ । कार्यक्रमको संयोजन गरिरहेका एनआरएनए आइसीसी सदस्यसमेत रहेका पोल्यान्डका नेपाली व्यवसायी भीमबहादुर खड्काका अनुसार कार्यक्रम उचस्थित होटल रुबिनमा हुनेछ ।
खड्काका अनुसार पोल्यान्डमा रहेका नेपाली कलाकारको समेत प्रस्तुति रहने यस कार्यक्रममा ५ सय बढीको उपस्थिति रहने अनुमान गरिएको छ ।
एक महिना बढी चल्ने युरोप यात्राका लागि पोल्यान्ड, बेल्जियम, फिनल्यान्ड, माल्टा, स्पेन, पोर्चुगल, नर्वे, डेनमार्क लगायतका १ दर्जनभन्दा बढी स्थानमा कार्यक्रमको आयोजना हुनेछ ।
युरोप कार्यक्रममा आफूले विभिन्न कन्टेट मार्फत दर्शक भरपुर हँसाउने कमेडियन भरतमणि पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण