मधेसका मुख्यमन्त्री सिंहद्वारा मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता
शुक्रबार, ३२ साउन २०८१, १५ : ५४
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री सिंहले मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गरेका हुन् ।
पछिल्लो समय मधेसका मन्त्रालयहरूको कार्यक्रम तथा योजनाहरू समयमै सम्पन्न नहुने, बजेट अत्यधिक मात्रामा फ्रिज हुने लगायतका समस्या समाधान गर्ने उद्देश्यले सम्बन्धित मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गरिएको मुख्यमन्त्री सिंहले बताए । मन्त्रालयहरूको कार्य सम्पादन मजबुत बनाउन सम्बन्धित मन्त्रीहरूसँग सम्झौता गरिएको उनले बताए ।
मन्त्रालयका योजनाहरू कार्यान्वयनमा के कारणले र कसको कारणले ढिलाइ वा समस्या भइरहेको छ भन्ने पत्ता लगाउन र सोको समाधान गर्न सहज हुने मुख्यमन्त्री सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
-
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
-
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त
-
‘एन्फा अध्यक्षले राष्ट्रको शिर झुकाउने काम गरे, देशद्रोहमा कारवाही हुनुपर्छ’
-
भेनेजुएलालाई चीनको सहायता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण