मधेसका मुख्यमन्त्री सिंहद्वारा मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता
शुक्रबार, ३२ साउन २०८१, १५ : ५४

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री सिंहले मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गरेका हुन् ।
पछिल्लो समय मधेसका मन्त्रालयहरूको कार्यक्रम तथा योजनाहरू समयमै सम्पन्न नहुने, बजेट अत्यधिक मात्रामा फ्रिज हुने लगायतका समस्या समाधान गर्ने उद्देश्यले सम्बन्धित मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गरिएको मुख्यमन्त्री सिंहले बताए । मन्त्रालयहरूको कार्य सम्पादन मजबुत बनाउन सम्बन्धित मन्त्रीहरूसँग सम्झौता गरिएको उनले बताए ।
मन्त्रालयका योजनाहरू कार्यान्वयनमा के कारणले र कसको कारणले ढिलाइ वा समस्या भइरहेको छ भन्ने पत्ता लगाउन र सोको समाधान गर्न सहज हुने मुख्यमन्त्री सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित
-
मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित
-
इरानले फेरि इजरायलमा हान्यो क्षेप्यास्त्र, तेहरानमा पनि विस्फोट
-
धवलपछि रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित
-
मनसुनको प्रभाव : बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकताबारे चर्चा