निओ मनि ट्रान्सफर र बेलायतको मनिटुबिच भुक्तानी सम्झौता
शुक्रबार, ३२ साउन २०८१, १६ : १७
काठमाडौँ । निओ मनि ट्रान्सफर र बेलायतको मनिटु लिमिटेडबीच रेमिट्यान्स् भुक्तानीका लागि सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि बेलायतमा बसिरहेका नेपालीहरुले सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ ।
हाल बेलायतमा १ लाख ५० हजारभन्दा बढी नेपालीहरुको बसोबास रहेको बताइन्छ । जसअनुसार बेलायतमा रहेका नेपालीहरुले अब मनिटुको वेबसाइट पोर्टल र मोबाइल एप्लिकेसनबाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउन सक्नेछन् ।
बैंक तथा वालेट भुक्तानी कारोवारहरु निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहिहरुको खातामा भुक्तानी हुनेछ । साथै नगदमा पठाइएको कारोवार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिने निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृतसागर खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण