धनुषामा डुबेर दुई बालिकाको मृत्यु
शुक्रबार, ३२ साउन २०८१, २२ : ३२
जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–९ स्थित जलाद खोलामा डुबेर स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका–३ घर भई आफन्तको घरमा गएकी १० वर्षीया सन्ध्या यादवको मृत्यु भएको छ ।
आज दिउँसो नुहाउन गएकी दुई बालिका जमेको पानीमा तैरिरहेको देखेपछि स्थानीयले निकालेका थिए । दुवै जनाको घटनास्थलमै मृत्यु भइसकेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए । दुवै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
-
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
-
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त
-
‘एन्फा अध्यक्षले राष्ट्रको शिर झुकाउने काम गरे, देशद्रोहमा कारवाही हुनुपर्छ’
-
भेनेजुएलालाई चीनको सहायता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण