फ्यानसँग नाच्न नमानेको भन्दै जब सैफमाथि नाइट क्लबमा घातक हमला भयो
मुम्बई । बलिउड अभिनेता सैफ अली खानले कुनै बेला आफू दुई महिला फ्यानसँग नाच्न नमानेको कारण समस्यामा परेको खुलासा गरेका छन् । एक अन्तर्वार्तामा उनले सन् १९९४ मा नयाँ दिल्लीमा भएको यस घटनाबारे उल्लेख गरेका हुन् ।
यस घटनाबाट सैफले आफ्नो जीवनमा पहिलो पटक दिल्लीमा बारको झगडा कति खतरनाक साबित हुन सक्छ भन्ने महसुस गरेको बताएका छन् । एक अन्तर्वार्तामा सैफले भनेका छन्, ‘दिल्लीको एउटा बारमा दुई युवतीले मसँग नाच्न आग्रह गरे तर मैले मानिनँ । त्यसपछि ती केटीका प्रेमी आएर मसँग झगडा गर्न थाले । मैले उनलाई म अहिले कसैसँग नाच्न वा कुरा गर्न चाहन्न भनेँ । यसबाट उनी झनै आक्रामक भए। एकजनाले ह्विस्कीको गिलासले मलाई आक्रमण गर्दै भने- तिम्रो अनुहारलाई बर्बाद पार्नेछु । त्यसपछि हाम्रो झगडा भयो । झगडा गर्दै हामी बाथरुममा गयौँ । मेरो अनुहारमा नराम्ररी चोट लागेको थियो र रगत पनि बगिरहेको थियो।’
सैफका अनुसार त्यो दिन उनको ज्यान बल्लबल्ल जोगिएको थियो । त्यो घटनापछि उनले कसैसँग झगडा गर्न छाडेका थिए ।
सैफ आजकल आफ्नो आगामी फिल्म ‘ज्वेल थिफ’ को सुटिङमा व्यस्त छन् । फिल्मको केही सुटिङ बुडापेस्टमा गरिएको छ जसमा सैफ पनि सहभागी छन् । यस बाहेक उनी तेलुगु फिल्म ‘देवरा’ मा पनि देखिनेछन् जसमा जुनियर एनटीआर र जान्हवी कपूर मुख्य भूमिकामा छन् ।
यसअघि सैफ २०२३ मा आएको फिल्म ‘आदिपुरुष’ मा लंकेशको भूमिकामा देखिएका थिए, जसका लागि उनले निकै आलोचनाको सामना गर्नुपरेको थियो ।
दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण