फेरि उपाधिबाट चुक्यो रोनाल्डोको अल नासर
काठमाडौँ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको व्यावसायिक लिगमा आबद्ध भएयता हालसम्म एउटा पनि उपाधि चुम्न सकेका छैनन् । रोनाल्डोको क्लब शनिबार राति सम्पन्न एक महत्त्वपूर्ण खेलमा पराजित भएपछि उनले उपाधिका लागि थप केही समय प्रतीक्षा गर्नु पर्ने भएको छ ।
साउदी सुपर कप फुटबल प्रतियोगिताको शनिबार राति सम्पन्न खेलमा रोनाल्डोको क्लब अल नासर चिर प्रतिद्वन्द्वी अल हिलालसँग ४–१ गोलले पराजित भएको हो । खेलको पहिलो हाफमै अग्रता लिएर पनि अल नासरले त्यसलाई जोगाउन सकेन ।
अल नासरका लागि एकमात्र गोल रोनाल्डोले नै गरेका थिए । पहिलो हाफको खेल सकिनुभन्दा एक मिनेटअघि ३९ वर्षीय रोनाल्डोले टोलीलाई अग्रता दिलाएका थिए । पाँचपटकको बालोन डी’ओर विजेता रोनाल्डोकै गोलका कारण पहिलो हाफमा अल नासर अगाडि रह्यो ।
तर, खेलको दोस्रो हाफमा अल नासरले लय गुमाएको थियो । निर्धारित समयको ५५औँ मिनेटमा अल हिलालका लागि सर्जी मिलिन्कोभिचले पहिलो गोल गरेका थिए । ६३औँ मिनेटमा अलेक्जेन्डर मित्रोभिचले अल हिलालको अग्रता दोब्बर बनाएका थिए ।
त्यसपछि खेलको ६९औँ मिनेटमा अलेक्जेन्डरले नै व्यक्तिगत रूपमा दोस्रो गोल थपेका थिए । निर्धारित समयको ७२औँ मिनेटमा अल हिलालका लागि माल्कमले चौथो गोल गरेका थिए । दोस्रो हाफमा अल हिलालसामु अल नासर निरीह देखिएको थियो ।
रोनाल्डो सन् २०२२ को डिसेम्बरमा अल नासरमा आबद्ध भएका थिए । उनले गत सिजन क्लबका लागि ३५ गोल गरेका थिए । अल हिलालले लगातर दोस्रो पटक सुपर कपको उपाधि चुमेको हो । समग्रमा भने अल हिलालले पाँचौँ पटक सुपर कप जितेको हो ।
यसअघि साउदी किङ्स कप र साउदी प्रो लिगको उपाधि यात्रामा पनि अल हिलालले नै अल नासरलाई हराएको थियो । साउदी प्रो लिगको नयाँ सिजन आगामी बिहीबार सुरु हुँदैछ । अल नासरले आफ्नो पहिलो खेल अल रिदसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण