समाजवादी मोर्चाको सचिवालय बैठक बस्दै
काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजनासम्बन्धी राजनीतिक दस्तावेजलाई अन्तिमरूप दिन समाजवादी मोर्चाको सचिवालय बैठक आइतबार बस्ने भएको छ । प्रचण्ड नेतृत्वको सरकार ढलेपछि साउन १ गते पहिलोपटक बसेको मोर्चाको बैठकले समीक्षात्मक राजनीतिक दस्तावेज तयार गरी १५ दिनभित्र बुझाउन निर्देशन दिएको थियो ।
सोही विषयलाई टुंग्याउन नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा सचिवालयको बैठक बस्न लागेको सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिए । ‘दस्तावेज तयार भइसकेको छैन । यसलाई अन्तिमरूप दिन दिउँसो सचिवालयको बैठक बस्दैछ’, रातोपाटीसँग श्रेष्ठले भने ।
दस्तावेज तयार नहुँदा १५ दिनमा बस्ने भनिएको मोर्चाको बैठक एक महिनापछि पनि बस्न सकेको छैन । यद्यपि बैठकको एजेण्डा तय गर्न मोर्चाका संयोजक समेत रहेका नेत्रविक्रम चन्द विप्लवले शीर्ष नेताहरूलाई भेट गरेका छन् ।
उनले पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र माधव नेपालसँग भेटवार्ता गरिसकेका छन् । बैठक बस्ने सम्बन्धमा शीर्ष नेताहरूसँग परामर्श भइरहेकाले केही दिन ढिलाई हुने विप्लवका सचिवालयले जनाएको छ । यसअघि एकीकृत समाजादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गरी संविधान संशोधन र भ्रष्टाचारविरुद्ध सदन र सडकबाट दबाब दिने योजना बनाउने निर्णय गरेको थियो ।
मोर्चाबाट उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टी जसपा बाहिरिएपछि यादव समुह भित्रिएको छ । कार्यदलमा नेसपाबाट श्रेष्ठसहित माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र नेकपाबाट खड्कबहादुर विश्वकर्मा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण